कोशीमा जसपाको निर्णयले मुख्यमन्त्री संकटमा, माओवादी दबाबमा
जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशीमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।
जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशीमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।
बिज्ञापन
बजेट निर्माणको तयारीमा जुटिरहेको मुख्यमन्त्री तथा अर्थमन्त्री हिक्मतकुमार कार्कीलाई जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै बहुमत जुटाउन कठिन हुने देखिएको छ ।
बिज्ञापन
केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा रहिरहेको माओवादी केन्द्रलाई पनि जसपा सरकारबाट बाहिरिएसँगै सरकार छाड्न दबाव परेको छ ।
केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितको गठबन्धन रहे पनि कोशीमा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार छ । कांग्रेसले सरकार छाड्न दबाव दिए पनि कोशीमा माओवादीले सरकार छाड्न अलमल गरिरहेको छ । त्यही बेला जसपाले सरकार छाडेर माओवादीमाथि दबाव बढाएको हो ।
बिज्ञापन
माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि केन्द्र र प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरियो ।
एमालेले सरकारको नेतृत्व गरेको प्रदेशहरुमा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीहरुले विश्वासको मत पाउन नसकेपछि पदमुक्त भए । अहिले कोशीबाहेकका ६ प्रदेश र संघीय सरकारमा एमाले प्रतिपक्षमा छ ।
कोशीमा एमाले नेतृत्वको सरकार छाड्न नमानेका माओवादी र जसपालाई ५ जेठमा नेपाली कांग्रेसले लिखित रुपमा प्रदेश सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन आग्रह गरेको थियो ।



प्रतिक्रिया