नेपालको मलेसिया भ्रमण : उपाधि लक्ष्य
इतिहासमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको
डेढ दशकलामो इतिहासमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । अर्को साता मलेसियासँग पाँच टी–२० खेलको शृंखला खेल्न लागेको नेपालको लक्ष्य सिधा उपाधिमा हुनेछ ।
बिज्ञापन
सोमबारदेखि सुरु हुने शृंखलाका लागि नेपाल टिम आज शनिबार मलेसिया जाँदै छ । प्रशिक्षक सामसन जंग थापाले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । रुविना क्षेत्रीको कप्तानीमा रहने टिममा सबै अनुहार पुरानै छन् ।
बिज्ञापन
नेपालले गत वर्ष एसीसी वुमन्स टी–२० च्याम्पियनसिपपछि ११ महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
यसबीचमा घरेलु क्रिकेटमा प्रधानमन्त्री कप र ललितपुर मेयर्स कप गरी दुई प्रतियोगिता आयोजना भएका थिए । मलेसियासँग दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
बिज्ञापन
महिला क्रिकेटले हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि र उपलब्धीमा पाइला बढाउन सकेको छैन । यस पटक भने खेलाडीमा रहेको कमजोरी र समस्यालाई सुधार गर्दै नेपाल सकरात्मक नतिजा ल्याउन चाहन्छ । ‘हामी सकेसम्म पाँचैवटा खेल जित्ने प्रयासमा हुनेछौं,’ कप्तान रुविनाले अनलाइनखबरसँग भनिन्, ‘मलेसियासँग हामी जितिरहेका छौं । यसपल्ट पनि त्यो आत्मविश्वास छ ।’
महिला क्रिकेटमा फिटनेसको परम्परागत समस्या केहि हदसम्म समाधान भएको कप्तान रुविनाले बताइन् । नेपाली महिला क्रिकेट टिमले यस शृंखलाका लागि मुलपानी मैदानमा ८ दिनको प्रशिक्षण गरेको छ । प्रशिक्षक सामसन जंग थापा पनि मलेसियामाथि शतप्रतिशत जितको अपेक्षा गर्छन् ।



प्रतिक्रिया