प्रधानमन्त्री प्रचण्ड र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीच भेटवार्ता

चार दिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका छन्

१८ जेष्ठ २०८०, बिहीबार ००:१३

चार दिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका छन् ।

बिज्ञापन

बुधबार  दिल्लीस्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

भेटमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका छन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारको तर्फबाट विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

बिज्ञापन

१८ जेष्ठ २०८०, बिहीबार ००:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?